गोंगबुको होटलमा लेटाङको एक महिलाको शव भेटियो, सँगै बसेका कार्की पक्राउ

२४ वैशाख, काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ। मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो।

तर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेको प्रहरीले जनाएको छ।

कार्कीविरुद्ध आत्महत्या दुरुत्साहको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ। भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोतले बताएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment