उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार प्रदान

१४ जेठ, काठमाडाैं । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई प्रदान गरिने कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं (पीजीडीपीजेड १३ औं) समूहको दीक्षान्त समारोहमा उक्त आधारभुत तालिम ११८२ औं समूहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment