विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ४३ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता

१३ जेठ, काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ४३ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायत प्रदान गरिएको छ।

आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६९४ जना कामदारको परिवारलाई प्रदान गरिएको हो।

‘नेपाली कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्तो कायक्रमबाट चालू आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ६९४ कामदारका परिवारलाई क्षतिपूर्तिबापत ४३ करोड ५७ लाख उपलब्ध गराइएको छ,’ सर्वेक्षणमा भनिएको छ।

यस्तै सोही अवधिमा वैदेशिक रोजगारीको क्रममा शारीरिक रुपमा अङ्गभङ्ग तथा बिरामी भएका २८५ पुरुष र १४ महिला गरी २९९ कामदारले आर्थिक सहायताबापत ११ करोड ९४ लाख ९२ हजार प्राप्त गरेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment