कोलकाताले जित्यो आईपीएलको उपाधि

१४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गएराति सम्पन्न फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो। हैदराबादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो। ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे। नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए।

गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए। उनले ५ चौका र २ छक्का प्रहार गरे। वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे। कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे। त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो। टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे।

कमजोर सुरुवात गरेको हैदराबाद सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो। पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए। नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए। कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए। वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १-१ विकेट हात पारे।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment