आज नेप्सेमा सामान्य अंकको बृद्धि , ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार

०६ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से २.७० अंकले बढेर दुई हजार ८ सय १९ दशलब ६६ विन्दुमा पुगेको हो । बुधबार नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका बैंकिङ र फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ३४ करोड भन्दा बढीको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment