हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशत बढ्यो

१८ वैशाख, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको यसै अवधिको तुलनामा ७३.७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको लोन लस प्रोभिजनवापत विनियोजित रकम फिर्ता भएसँगै खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा प्रोभिजन रकम २ करोड २९ लाख रुपैयाँ रहेकोमा अहिले १७ लाख रुपैयाँमा झरेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी २ रुपैयाँ ७३ पैसा थियो । कम्पनीको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९१ प्रतिशत रहेकोमा अहिले ४.६१ मा झरेको छ ।

कम्पनीको आधार दर १५.०२ प्रतिशत छ । चैत मसान्तसम्म वितरणयोग्य नाफा ६२ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा रहेको यसको साधारण सेयर मूल्य सोमबार प्रतिकित्ता ७२९ रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment