गहिरिदैँ चीनसँगको व्यापार घाटा, निर्यात भन्दा आयात १०२ गुणा बढी

१७ वैशाख, काठमाडाैं । चीनसँगको व्यापार घाटा बढ्दै गएको छ । नेपालले निर्यातमा ध्यान नदिँदा अर्थतन्त्रमा विश्वको ठूलो देश मानिने चिनसँगको घाटा झन खस्किदो क्रममा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै नेपालले चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।

चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा नेपालले २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख १९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ भने २ अर्ब ११ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ ।

चालु आर्थिक वर्षको व्यापार घाटा आर्थिक वर्ष (२०७६/७७) को तुलनामा ४० प्रतिशतले बढी हो । आर्थिक वर्ष (२०७६/७७)को नौ महिनामा नेपालको १ खर्ब ५३ अर्ब २१ करोड १२ लाख १७ हजार रुपैयाँ व्यापार घाटा रहेको थियो । उक्त वर्ष नेपालले १ खर्ब ५४ अर्ब ३० करोड ६९ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गर्दा १ अर्ब ९ करोड ५६ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो ।

यस्तै आर्थिक वर्ष (२०७९/८०) को नौ महिनामा नेपालले १ खर्ब ६१ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपैयाँ घाटा व्यहोरेको छ । आर्थिक वर्ष (२०७९/८०) को नौ महिनामा नेपालले १ अर्ब ६२ अर्ब ४४ करोड ८४ लाख १७ हजार रुपैयाँको सामान आयात गरेको थियो भने ६३ करोड ६८ लाख ३२ हजार रुपैयाँको सामान निर्यात गरेको थियो ।

यस्तै आर्थिक वर्ष (२०७८/७९) को नौ महिनामा २ अर्ब ११ अर्ब ४ करोड ८० लाख ३८ हजार रुपैयाँको सामान आयात गरेको थियो भने ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको सामान निर्यात गरेको थियो । उक्त वर्षको नौ महिनामा २ अर्ब १० अर्ब ४२ करोड ५१ लाख ७५ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

यता, आर्थिक वर्ष (२०७७/७८) को नौ महिनामा १ अर्ब ६४ अर्ब १३ करोड ३६ लाख रुपैयाँको सामान आयात गरेको थियो भने ७९ करोड ६४ लाख १३ हजार रुपैयाँको सामान निर्यात गरेको थियो । उक्त वर्षको नौ महिनामा १ अर्ब ६३ अर्ब ३३ करोड ७१ लाख ८६ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

यसैगरी, आर्थिक वर्ष (२०७६/७७) को नौ महिनामा १ खर्ब ५४ अर्ब ३० करोड ६९ लाख ९ हजार रुपैयाँको सामान आयात गरेको थियो भने १ अर्ब ९ करोड ५६ लाख ९१ हजार रुपैयाँको सामान निर्यात गरेको थियो । उक्त वर्षको नौ महिनामा १ अर्ब ५३ अर्ब २१ करोड १२ लाख १७ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।

यी हुन् चीनबाट नेपालमा आयात हुने बस्तु ?

नेपालले चीनबाट स्मार्ट फोन, सवारीसाधन, मेसिनरी सामान, स्टिल जस्ता फलामजन्य वस्तु, तयारी पोसाक, खाद्यान्न तथा फलफूलसमेत आयात गर्दै आएको छ । चालु आवको नौ महिना (साउन–चैत) मा चीनबाट सबैभन्दा बढी १४ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । त्यस्तै, चीनबाट नेपालले ११ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ बराबरको स्टील, जस्ता फलामजन्य वस्तु आयात गरेको छ। यस्तै, १० अर्ब ५२ करोड ५३ लाखको इलेक्ट्रीक कार, जीप भ्यान आयात गरेको छ ।

यी हुन् नेपालबाट चीनमा निर्यात हुने वस्तु

नेपालबाट चीनमा कार्पेट, फर्निचर, यार्सागुम्बा, गलैँचा, पास्ता, फेल्ट, हातेकागज, तरकारी लगायतका वस्तु निर्यात हुँदै आएको छ ।
नेपालबाट चीनमा सबैभन्दा बढी ३४ करोड ५१ लाखको कार्पेट निर्यात भएको छ । त्यस्तै, २७ करोड ४२ लाखको फर्निचर निर्यात भएको छ भने २२ करोड ८७ लाखको यार्सागुम्बा निर्यात भएको छ ।

नौ महिनामा कुन देशसँग कति व्यापार घाटा

चैत मसान्तसम्म सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालले भारतसँग कुल ६ खर्ब ५१ अर्ब ५० करोड ३२ लाख रुपैयाँ ब्यापार घाटा ब्यहोरेको छ ।

चालु आवको ९ महीनामा भारतबाट नेपालमा कुल ७ खर्ब २९ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यस आधारमा हेर्दा नेपालमा नेपालले निर्यात गर्ने वस्तुभन्दा १०.६७ गुणा बढी बढी वस्तु भारतबाट आयात हुने गरेको छ ।

यस्तै दोस्रो ठूलो ब्यापार घाटा रहेको चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ ब्यापार घाटा छ । साउनदेखि चैतसम्ममा चीनबाट कुल २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट २ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

यसैगरी युनाइटेड अरब इमिरेट्ससँग १८ अर्ब ५२ करोड २७ लाख, युक्रेनसँग १४ अर्ब ९० करोड ८४ लाख, मलेसियासँग १४ अर्ब १६ करोड १० लाख, अष्ट्रेलिया ६ अर्ब ८६ करोड ३३ लाख, फ्रान्ससँग ८ अर्ब ९८ करोड ७९ लाख, इन्डोनेशियासँग ८ अर्ब ६४ करोड ४२ लाख, र अर्जेन्टिनासँग ८ अर्ब ६२ करोड ५२ लाख र दशौं ठूला ब्यापार घाटा रहेको देश थाइल्याण्डसँग ६ अर्ब ३१ करोड १४ लाख रुपैयाँ घाटा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment