सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ वैशाख, काठमाडाैं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधबारदेखि बैशाख ३१ गतेसम्म बुकक्लोज गर्दैछ ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले चुक्ता पुँजी ८३ करोड ९४ लख १० हजार रुपैयाँको ११ प्रतिशतले हुन आउने ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर र कर प्रयोजनका लागी चुक्ता पुँजीको ०.५७८९ प्रतिशतले हुन आउने ४८ लाख ५९ हजार ३४४ रुपैयाँ ४९ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ। यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment