मुक्तिनाथ कृषि कम्पनीको सेयरकाे लकइन पिरियड जेठ १८ देखि सकिँदै

१७ वैशाख, काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लकइन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । सामूहिक लगानीकोष (म्युचुअल फन्ड) को स्वामित्वमा रहेको यी शेयरको लइकन ६ महिनापछि सकिने लागेको हो ।

कम्पनीले आईपीओ जारी गर्दा सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने कम्पनीले जनाएको हो ।

धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार आईपीओ जारी गर्दा सर्वसाधारणतर्फको सेयरमा आरक्षणमा पाएका सामूहिक लगानीकोषको स्वामित्वमा रहेने ५ प्रतिशत सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा रहने व्यवस्था रहेको छ । सोही अनुसारको समय सकिन लागेको हो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।

कम्पनीले आम सर्वसाधारणका लागि २०८० मङ्सिर ८ देखि १२ गतेसम्म आईपीओ निष्काशन गरेर मङ्सिर १९ गते बाँडफाँड गरेको थियो । लकइन अवधि समाप्त भएपछि २०८१ जेठ २० गते आइतबारदेखि यी सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment