कागेश्वरीमा हालसम्म ५९ हजार ३ सय २५ जनाले कोरोना बिरुद्दको खोप लगाए

३२ श्रावण, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका ५९ हजार ३ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन । नगरप्रमुख कृष्णहरी थापाले सामाजिक संजाल मार्फत हालसम्म ५९ हजार ३ सय २५ जनाले कोरोना बिरुद्दको खोप लगाएको जानकारी गराएका हुन ।

कुन खोप कहिले कति जनाले लगाए ?

२०७७ फाल्गुन २३ देखि २०७७ चैत्र ३ गतेसम्म कोभिसिल्ड – २२६० जना ।
२०७८ जेष्ठ २ देखि २०७८ जेष्ठ ११ गतेसम्म भेरोसिल ३३९६ जना ।
२०७८ जेष्ठ २१ देखि २०७८ जेष्ठ २५ गतेसम्म भेरोसिल ३००० जना ।
भेरोसिल २०७८ असार २२ गतेदेखि २८ गतेसम्म दोस्रो खोप ४९२० जना ।
२०७८ असार २९ गतेदेखि २०७८ साउन २ गतेसम्म भेरोसिल ११०४६
२०७८ साउन ४ गतेदेखि २०७८ साउन ६ गतेसम्म जोनसन ६४०० जना ।
२०७८ साउन १४ गतेदेखि २०७८ साउन १९ गतेसम्म भेरोसेल १२००० जना ।
२०७८ साउन २२ गतेदेखि २०७८ साउन २४ गतेसम्म भेरोसेल १४००० जना ।
२०७८ साउन २५ गतेदेखि २०७८ साउन २७ गतेसम्म अष्ट्राजेनिका २३०३ जनाले लगाएको उल्लेख गरेका छन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment