थलीमा तरकारी तथा फलफूल होलसेल बजार सञ्चालनमा आयो

१५ बैशाख, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका वार्ड नं ५ स्थित सानो थली च्वास्स झोल म:म पछाडि “थली तरकारी तथा फलफूल होलसेल बजार” सञ्चालनमा आएको छ ।

कागेश्वरी मनोहरा न. पा. वडा नं ५ का वडा-अध्यक्ष शंकर पाण्डेद्वारा समुद्घाटन भएको यस होलसेल बजारमा सहुलियत दरमा तरकारी तथा फलफूल पाइन्छन्।

६० वटा स्टल रहेको यस बजारमा अझै केही स्टलहरु बुकिङ हुन बाँकी रहेको यस तरकारी बजारमा बैशाख १५ देखि बैशाख २१ गतेसम्म किनमेल गर्नको लागि डिस्काउन्ट कुपनको पनि व्यवस्था गरिएको छ। आफ्नो घर नजिकै सहुलियत दरमा ताजा फलफूल तरकारी उपलब्ध हुन थालेपछि सर्वसाधारणहरु पनि उत्साहित भएका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment