एलओडी, गोपीकृष्ण मुभीज लगायतले तिरेनन् महानगरलाई कर, ३५ दिनको ताकेता

१९ बैशाख, काठमाडौँ । काठमाण्डौं महानगरपालिकाको राजस्व विभागले मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित यसअघि पनि विभिन्न मितिमा कर तिर्न पत्राचार गरेको भन्दै उक्त मनोरञ्जन व्यवसाय गर्नेहरुलाई ३५ दिनको समय दिएको हो ।

कर नतिर्नेमा ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी (डिस्को) लगायतका संस्था रहेका छन् । महानगरले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो ।

सोे अवधिभित्र कर नतिरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरले चेतावनी समेत दिएको छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment