भिभोको भी२१ नेपाली बजारमा

०६ श्रावण, काठमाडौं । भिभोले भी २१ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्ट फोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनुका साथै ग्राहकको अभिरुचिअनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

भी २१ मा ४४ एम.पीओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ । ४४ एम.पीओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्ने, ६४ एम.पीओ.आई. एस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्ने जनाइएको छ । भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले ग्राहकको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए ।

भिभो नेपालको ब्राण्ड मैनेजर पेग दाले भीसिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने बताए । भी २१ को स्थानीय बजार मूल्य ५० हजार रहेको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment