२०२४ मा दुई करोड फोल्डेबल फोन बिक्री गर्ने सामसङको लक्ष्य

०९ कार्तिक, काठमाडौं । सामसङले सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने लक्ष्य राखेको छ । काेरियन मिडिया द इलेकका अनुसार सामसङले हाल बजारमा उपलब्ध ग्यालेक्सी जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ तथा सन् २०२४ मा सार्वजनिक हुने ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स गरी यो संख्यामा फोल्डेबल फोन बेच्ने लक्ष्य राखेको हो ।

फोल्डेबल फोनको बजारमा सामसङको आधिपत्य छ । कम्पनीले सन् २०२४ का लागि ग्यालेक्सी जेड फोल्ड र जेड फ्लिप लाइनअपका सिक्स मोडलहरूका लागि तयारी गरिरहेकाे छ ।

यसका लागि सामसङले प्रतिस्पर्धी कम्पनीहरूका उत्पादनलाई नजिकबाट नियालिरहेकाे छ । पातलो र हल्का फोल्डेबल फोनमा ह्वावेले मेट एक्स फाइभ ल्याएको छ । अर्कोतर्फ साओमीले पनि पातलो डिजाइनमा साओमी मिक्स फोल्ड थ्री ल्याएको छ । यी फोनकाे अध्ययनबाट सामसङले आगामी लाइनअपको डिजाइन परिमार्जन गर्ने अनुमान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment