हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत, २० अर्ब पुँजीको चटारो

२३ वैशाख, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ ।

कम्पनीले गत फागुन २० गते सम्पन्न साधारण सभाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभाको निर्णय अनुसार १० अर्ब चुक्ता पुँजीको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि गत फागुन ७ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । फागुन ६ गतेसम्म कायम सेयरधनीहरुले उक्त बोनस सेयर पाउनेछन् ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी २० अर्ब कायम गर्न उल्लेखित पुँजीको ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाले अनुमोदन गरिसकेको छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ । २० अर्बमा अपुग रकम कम्पनीले चालु आर्थिक वर्षमा बोनस वितरण गरेर पुर्याउनुपर्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment