१९७४ अंकमा झर्‍यो सेयर बजार, हिमालयन रिको बोनस सूचीकृत

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १९७४ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक नेप्से २४.५८ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ७ को स्थिर रह्यो ।

बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो । माइक्रोफाइनान्स र निर्जीवन बीमा झिनो अंकमा हरियो रहे भने अरु सबै समूगत सूचक घटे । माइक्रोफाइनान्स ६.८ र निर्जीवन बीमा ४ अंक बढे । विकास बैंक, फाइनान्स र उत्पादन समूह २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ११, विकास बैंक १०९, फाइनान्स ४४, होटल तथा पर्यटन ८५, हाइड्रोपावर ३८, जीवन बीमा १७३, उत्पादन १५५, अन्य १३, ब्यापार १३ अंक घटे । दोल्ती पावरको ९.५, साधना लघुवित्तको ८.७, समता लघुवित्तको ८.७, आरएसडीसी लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै पिपुल्स पावरको ९.९, सिंगटी हाइड्रोपावरको ७.५, हिमालयन डिस्टिलरीको ६.३, जानाकी फाइनान्सको ५.६, बोटलर्स नेपाल तराईको मूल्य ५.२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन डिस्टिलरी, पोखरा फाइनान्स, आइएमई लाइफ इन्स्योरेन्स र साइन रेसुङ्गा विकास बैंक क्रमश अगाडि रहे ।

हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले यसअघि ४ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment