मोलुङ्ग हाइड्रोपावरको जगेडा नोक्सानी १८ करोड बढी

२३ वैशाख, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको जगेडा कोष चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड ३ लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा २३ करोड ५३ लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा साढे पाँच करोड अर्थात १३.८१ प्रतिशतले सुधार भएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी चैत मसान्तसम्ममा १ करोड ८१ लाख ८१ हजार रुपैयाँ नोक्सानीमा छ । गत आवको सोही अवधिमा कम्पनीमा २ करोड ६५ लाख ६ हजार रुपैयाँ घाटामा थियो ।

विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६३ प्रतिशतले बढेर २ करोड १५ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड ५० लाख ३८ हजार रहेको वित्तीय खर्च ३६.४९ प्रतिशत घटेर चैतमसान्तसम्ममा १ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । खर्च घटेका कारण पनि कम्पनीको नोक्सानी घट्न टेवा पुगेको हो। कम्पनीको सञ्चालन आम्दानी अघिल्लो चैतसम्मको तुलनामा १८.६९ प्रतिशतले घटेर २३ लाख ४७ हजार मात्र रहेका छ । सञ्चालन खर्च ८५.१६ प्रतिशतले बढेर १० लाख ९ हजार पुगेको छ ।

चुक्ता पुँजी ८० करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ २ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा मात्र छ । चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८७.१४ गुणा ऋणात्मक छ ।

कम्पनीको ५८ करोड ४३ लाख २२ हजार रुपैयाँ दीर्घकालिन कर्जा उपयोग गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment