सुनको भाउ उकालो यात्रामा : दुई दिनमा प्रतितोला ३६ सय रुपैयाँ घट्यो

११ जेठ, काठमाडाैं । सुनको मूल्य ओरालो यात्रामा लागेको छ । केही दिन अगाडि लगातार बढ्दै गएको सुनको भाउ दुई दिनमा प्रतितोला ३६ सय रुपैयाँ घटेको हो ।

बिहीबार १८ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि १८ सय रुपैयाँले नै घटेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने शुक्रबार प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३३३ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ३४ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment