नयाँ स्वादमा सूर्य नेपालको बिस्कुट, सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज बजारमा

२६ असाेज, काठमाडाैं ।  नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक घराना सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा आफूलाई विस्तार गर्दै लगेको छ। कम्पनीले चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन सुरु गरेको छ।


सूर्य नेपालले यस कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य भन्दै अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको जनाएको छ।

डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको अतुलनीय स्वादले कुकिज पारखीहरुको मन जित्ने विश्‍वास कम्पनीले लिएको छ। सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरमा अभिनेत्री शिल्पा मास्केलाई अनुबन्धित भएकी छिन्।

सो बिस्कुट नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसका २ थरी प्याकहरु हाल बजारमा उपलब्ध रहेका छन्।

जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुनेछ र यसको मूल्य ९० रुपैयाँ रहेको छ। यस्तै, ३०० ग्रामको आकर्षक प्याकेट भित्र २४ वटा छुट्टाछुट्टै पाउच हुनेछ र यसको मूल्य ३५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment