एप्पल एम३ म्याकबुक एयर र नयाँ आईप्याड मोडल मार्च २०२४ मा लन्च हुने सम्भावना

२५ मंसिर, काठमाडाैं । एप्पलले आफ्नो नयाँ पुस्ताको एम३ म्याकबुक एयरलाई थप शक्तिशाली स्पेक्सका साथै रिफ्रेस्ड आईप्याड मोडलहरू लन्च गर्नका लागि काम गरिरहेको छ। यसै क्रममा, नयाँ रिपोर्टले दुई प्रोडक्ट (उत्पादन) लाइनहरूको सम्भावित लन्च टाइमलाइनको संकेत गरेको छ।

ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेअनुसार टेक जायन्टले नयाँ म्याकबुक र आईप्याडहरू एकै समयको आसपासमा जारी गर्ने योजना बनाइरहेको छ। एप्पलले हाल आफ्नो म्याक र आईप्याड बिक्रीमा गिरावट देखिरहेको हुनाले यी ताजा घोषणाहरूले माग बढाउन मद्दत गर्न सक्ने छ।

नयाँ ग्याजेटहरूका अतिरिक्त, ब्रान्डले म्याकओएस १४.३ मा पनि काम गरिरहेको र यो पनि नयाँ म्याकबुकहरूसँगै रिलीज गरिने अपेक्षा गरिएको छ। साथै नयाँ आईप्याड लन्च टाइमलाइन यस अघिको रिपोर्टसँग मिल्दोजुल्दो भएको उल्लेख छ।

त्यसैगरी रिपोर्टमा थप उल्लेख गरिए अनुसार एप्पलले नयाँ १३ इन्च र १५ इन्चको म्याकबुक एयरका साथै आईप्याड एयरका दुई साइज भेरियन्टहरू पहिलो पटक लन्च गर्नेछ। साथै अर्को प्रमुख घोषणाको रुपमा रहेको ओएलईडी आईप्याड प्रो पनि अर्को वर्ष लन्च हुने अपेक्षा गरिएको छ।

एप्पलको नयाँ म्याकबुक एयर मोडलहरू यसको नवीनतम एम३ सिरिज प्रोसेसरद्वारा संचालित हुनेछन् भने जसमा एम३, एम३ प्रो, र एम३ म्याक्स समावेश रहेका छन्। साथै यी चिपहरू केही समय अघि लन्च भएको म्याकबुक प्रो लाइनअपमा पनि समावेश गरिएको छ।

एम३ सिरिज गत अक्टोबरमा भएको स्केरी फास्ट इभेन्टमा अनावरण गरिएको थियो। सन् २०२२ मा म्याकबुक एयरको डिजाइनलाई ओभरहल गरेको आईफोन निर्मातासँग अर्को वर्षको एम३ म्याकबुक एयरमा भने कुनै उल्लेखनिय परिवर्तन गर्ने योजना नभएको जनाइएको छ। यद्यपि, यी नयाँ मोडलहरू सुधारिएको हार्डवेयरको साथ आउनेछन्। साथै गुर्मनले प्रारम्भिक २०२४ लन्च टाईमफ्रेमको सन्दर्भमा उद्योग स्रोतहरू उद्धृत गरेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment