एक हप्तामा दुई पटक डाउन भयो एक्स

१७ बैशाख, काठमाडौँ । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइड डाउन भएको खबरहरू आइरहेका छन् । एक्स डाउन भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगातार गुनासो गरिरहेका भन्दै केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम छन् ।

डाउनडिटेक्टरले पनि एक्स चलाउन नसकिएको खबरको पुष्टि गरेको छ । मध्याह्न १ बजेतिरदेखि एक्समा समस्या देखिन सुरु भएको थियो । एपको टाइमलाइन अपडेट भइरहेको छैन ।

पेजमा ‘समथिङ वेन्ट रङ्ग ट्राइ रिलोडिङ’ भन्ने म्यासेज आइरहेको छ । ५३ प्रतिशतले एपमा समस्या आएको बताएका छन् । ३२ प्रतिशतले वेबसाइटमा समस्या देखिएको बताएका थिए । यसअघि अप्रिल २६ मा पनि एक्समा समस्या देखिएको थियो । तर केही समयमै सेवा सुचारु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment