साढे चार महिनामा जन्मिएका बालकले मनाए पहिलो जन्मदिन

०८ असार, न्यूयोर्क(एजेन्सी) । एक प्रिमेच्योर बालक । जसको जन्म निर्धारित समय भन्दा १ सय ३१ दिन अघि नै भयो । उनी जन्मदाको तौल मात्र ३ सय ३८ ग्राम थियो । जुन विश्वमा जन्मिएका कुनै पनि प्रिमेच्योर बच्चाभन्दा कम थियो ।

डाक्टरमा ती बालक बाच्छन् भन्ने आशा शुन्य प्रतिशत पनि थिएन । तर आज जीवनका सबै बाधा र मानिसको शंकालाई चुनौती दिँदै यी बच्चा एक वर्ष पुगेका छन् । उनले हालैमात्र आफ्नो पहिलो जन्मदिन मनाए ।

अमेरिकामा जन्मिएका यी बालकको नाम रिचर्ड स्कट विलियम हचिंसन हो । रिचर्ड विश्वको पहिलो बच्चा हुन्, जसको जन्म ९ महिनाको सट्टा साढे चार महिनामा नै भयो । उनको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा पनि दर्ता भएको छ । उनका मातापिताका अनुसार बालकले सबै शारीरिक बाधाहरु पार गरिसकेका छन् ।

पिता रिकका अनुसार उनका छोरा अन्य बच्चा जस्तै सामान्य र स्वस्थ छन् । ‘रिचर्डको जीवनको पहिलो केही साता निकै कठिन हुन्छ भन्ने थाहा थियो । तर ऊ सबै बाधालाई पार गर्दै जीवनलाई अगाडि बढाउनेछ भन्ने थाहा थियो’, रिकले भनेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment