सुटकेस जस्तै देखिने होन्डाको अनौठो इलेक्ट्रिक स्कुटर

०२ चैत, काठमाडाैं । होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ । मोटोकम्प्याक्टो नामले आउन लागेको यो स्कुटरलाई फोल्ड गरेर सुटकेसकै रुपमा गाडीको बुटमा सजिलै राख्न सकिन्छ । यसमा दिइएको ह्यान्डल बार, फुट पेग र साइड स्ट्यान्डलाई इलेक्ट्रिक स्विचको साहयतामा सजिलै फोल्ड र अनफोल्ड गर्न मिल्ने जनाइएको छ ।

यो मिनी स्कुटरमा होन्डाले ६.८ एम्पियर आवरको ब्याट्री र ४९० वाटको मोटर जडान गरेको छ । जसको टर्क १६ एनएम छ भने यसलाई एकपट फुल चार्ज गरेपछि १९ किलोमिटर चलाउन सकिन्छ । स्कुटरको टप स्पिड २४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसको ब्याट्रीलाई चार्ज गर्न अनबोर्डमा १५ एम्पियरको आउलेट दिइएको छ । जसको साहयतामा ३.५ घन्टामा स्कुटरको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको तौल जम्मा १९ किलोग्राम रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment