रेष्टुरेन्टमा वेटरको साटो उडेर आउँछ कफी, भाइरल भयो भिडियो

११ फागुन, काठमाडौँ । एक जमाना थियो, जब हरेक काम आफैले गर्नुपर्थ्यो । समयअनुसार सबै कुरा बदलिँदै गयो र मेसिनबाट धेरै काम हुन थाल्यो । होटल तथा हस्पिटलमा धेरैभन्दा धेरै मेसिनको प्रयोग गर्न थालियो । सरसफाइ गर्न या अन्य कामका लागि मेसिनको प्रयोग हुन थाल्यो ।

तपाईंले आजसम्म त कुनै न कुनै बेला कफी पिउनु नै भएको होला । त्यो कफी तपाईंलाई कसैले लिएर नै दिएका होलान् या आफै पनि हातले उठाएर लिनुभएको होला ।

भारतको एउटा रेस्टुरेन्टमा भने अब कफी पनि ड्रोनले दिइने भएको छ । यहाँ वेटरको काम ड्रोनले गर्ने भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो अनुसार ड्रोनको सहायताले कफी ग्राहकलाई पुर्‍याइएको हो ।

भिडियोमा हेर्दा ग्राहकले जब कफी ड्रोनबाट हातमा लिन्छन्, तब ड्रोन पुनः फर्किन्छ । यो सर्भिस रेस्टुरेन्ट सेवाका लागि मात्र यसले होम डेलिभरीको सुविधा भने दिएको छैन । उक्त रेस्टुरेन्टको नाम हो, कलकत्ता ६४ ।

यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको छ । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले भनेका छन्– कफी लिँदा ड्रोनले लागेर हात काटियो भने?



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment