जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको टिकटकबाट पुनर्मिलन

१६ माघ, बीबीसी । एमी र आनो नामका यी जुम्ल्याहा दिदीबहिनी जोर्जामा जन्मिनेबित्तिकै आमाबाटअलग्याइए र छुट्टाछुट्टै परिवारमा धर्मपुत्री बनाउन बेचिए।

वर्षौँपछि एउटा टीभी कार्यक्रम र टिकटक भिडिओका कारण उनीहरूले एकअर्काबारे थाहा पाए।

जोर्जामा अवैधानिक रूपमा धर्मसन्तान बनाइएका मानिसहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउन खोलिएको एउटा फेसबुक ग्रूपमा एमीले आफ्नो कथा शेअर गरेपछि यो सम्भव भएको थियो।

जोर्जामा उनीहरूजस्तै हजारौँ सन्तानहरू अस्पतालबाट चोरिएर बेचिएका छन्। उक्त फेसबुक ग्रूपकी संस्थापक पत्रकार तामुना मुजेरिजा पनि तीमध्येकी एक हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment