प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने

०५ वैशाख, काठमाडाैं । देशका विभिन्न स्थानमा केबुककार निर्माण गरिरहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडल पनि आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक आवश्यक भएकाले योग्य बिक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको छ । वैशाख ४ गते जारी गरिएको सूचना अनुसार ४५ दिनभित्र इच्छुक क्यापिटलले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष २०७९–८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने, आईपीओको प्रत्याभूतिकर्ता जुटाउन सहजिकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरे वापत् लिने आवश्यक सेवाशुल्क निर्धारण गरी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने सेयरको लागि आवश्यक वित्त व्यवस्थापन समेत बिक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ ।

यी हुन् मुख्य लगानीकर्ता

कम्पनीको मुख्य लगानीकर्ता प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु उर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु जलविद्युत विकास लिमिटेडका कर्मचारीहरूलाई १० प्रतिशत सेयर छुट्याइएको छ ।

५० करोड रुपैयाँ अधिकृत पुँजी रहेको कम्पनीमा प्रभु होल्डिंग्स हाइड्रो डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिंग्स एन्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत् विकास कम्पनीको ९.८ प्रतिशत र प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेडको ५१ प्रतिशत हिस्सा छ । प्राथमिक निष्कासन (आइपिओ) पछि कम्तीमा ७० प्रतिशत हिस्सा प्रभु समूह र त्यसअन्तर्गतका कम्पनीको रहने जनाइएको छ।

यो प्रभु (देवीप्रकाश भट्टचन) समूहको भने होइन। भट्टचन समूहको प्रभु ग्रुप अन्तर्गत भने प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्स, प्रभु क्यापिटल, आशा लघुवित्त वित्तीय संस्था, एचयुबी रि–इन्स्योरेन्स ब्रोकर प्रालि, डिसहोम लिमिटेड, प्रभु अटो, नेपाल सिपिङ र प्रभु सिपिङ, प्रभु मनी ट्रान्सफर, जापान रेमिट फाइनान्स, प्रभु अनलाइन, प्रभु ट्राभल्स र प्रभु हेलिकोप्टरजस्ता कम्पनी सञ्चालित छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment