सुनको भाउ एकैदिन प्रतितोला २३ सय रुपैयाँ बढ्यो, चाँदीमा पनि वृद्धि

२८ वैशाख, काठमाडाैं । सुनको भाउ एकैदिन प्रतितोला २३ सय रुपैयाँ बढेको छ । बिहीबार ८०० रुपैयाँ घटेको सुनको भाउ शुक्रबार २३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार ५० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३५४ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ४१ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment