माउन्टेन इनर्जीले कमायो ३१ करोड खुद नाफा

२८ वैशाख, काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३० करोड ९१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १७.३५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ८७ करोड १ लाख ५८ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत आवको सोही अवसधमा ८६ करोड २५ लाख २१ हजार रुपैयाँ थियो ।

कम्पनीको प्रशासनिक खर्च र कर्मचारी खर्च बढेको छ भने वित्तीय खर्च घटेको छ । कम्पनीको प्रशासनिक खर्च १८ लाखले बढेर २ करोड ८५ लाख पुगेको छ भने कर्मचारी बोनस गत चैतको तुलनामा १० लाखले बढेर ६४ लाख २१ हजार पुगेको छ । यस अवधिमा वित्तीय खर्च २१ करोड ९१ लाखबाट घटेर २० करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड ४ लाख ३८ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा रिटेन्ड अर्निङ १० करोड ५६ लाख रुपैयाँले बढेको छ ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १३ पैसाले घटेर १३ रुपैयाँ ६६ पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ३७.७० गुणा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment