नागरिक लगानी कोषको नाफा सवा ८८ करोड, सूचीकृत कम्पनीमा ३१ अर्ब लगानी

२८ वैशाख, काठमाडाैं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खर्च वृद्धिका वावजुत खुद ब्याज आम्दानी र कमिसन आय बढ्दा कम्पनीको खुद नाफा १३.४३ प्रतिशतले बढेको हो ।  गत आवको सोही अवधिमा कोषले ७ करोड ७९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २५ प्रतिशतले बढेर चैतसम्म ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम भएको छ । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ २६ पैसा घटेर २२ रुपैयाँ १४ पैसामा झरेको छ । कोषको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ४१ पैसा, मूल्य आम्दानी अनुपात ९५.०७ गुणा छ । साथै जगेडा कोषको आकार भने १८.३२ प्रतिशतले घटेर मा २५ अर्ब ५० करोड १९ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । फन्डको तुलनामा लगानीको अनुपात ९५.४८ प्रतिशत रहेको कोषको लगानीमा प्रतिफल भने ९.६७ प्रतिशतबाट घटेर ८.४९ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी गत आवो तेस्रो त्रैमासमा ३० करोड ५० लाख रहेकोमा अहिले बढेर ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसन आय ११.४१ प्रतिशत बढेर १ अर्ब ४ करोड १७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । चैतसम्म कोषको कुल लगानी २ खर्ब ३६ अर्ब ८० करोड ५० लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा २ खर्ब १२ अर्ब ६४ करोड ७३ लाख रहेकोमा समीक्षा अवधिमा ११.३६ प्रतिशतले वृद्धि भएको हो । यस्तै खर्च पनि ७.४१ प्रतिशतले बढेर चैतसम्म २३ करोड ५९ लाख ३१ हजार रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कोषले नेपाल सरकारको ऋणपत्रमा ५० करोड र सूचीकृत धितोपत्रमा ३० अर्ब ९३ करोड २१ लाख ५३ हजार रुपैयाँ रहेको छ । गत चैतसम्म २९ अर्ब २९ करोड ८५ लाख थियो । यस्तै कोषले मुद्दती निक्षेपमा १ खर्ब २६ अर्ब १२ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आवको चैतको तुलनामा १५ अर्ब ६५ करोड धेरै हो । सहायक कम्पनीम २ अर्ब ५५ करोड लगानी गरेको कोषका चालु सम्पत्ति १७ अर्ब ७३ करोड ३९ लाख बराबर रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment