“भारत दादा”

जगदीश्वर थापा

१६ चैत, काठमाडौँ । “भारत”हालैका घटनाक्रममा राष्ट्रहरूका बीचमा आत्मसम्मानको स्वघोषित दादा मानिएको भारत पटक पटक आफ्नै विदेश नीतिको जालमा फस्नेगर्छ। माल्दिभ्स र नेपाल दुबैमा जारी भारतको जुठोराजनितीको कारण यस्तो देखिन्छ कि भारतको सहयोगको ब्रान्डले परोपकार र सहयोगको मुखुण्डो लाएर राजनिती व्यापार संस्कृती भुगोलमाथीआफ्नै बाउका झड्केला सन्तानमाथी झैं हस्तक्षेपको व्यवहार देखाउँदैछ।

आफुलाइ दक्षिण एसियाको ठूलो भाइ भन्ने भारतले लामो समयदेखि आफ्नो स्वाभिमानमा त खुब गर्व गर्दै आएको छ, प्रायः राष्ट्रहरूबीच सार्वभौमसत्ता र पारस्परिक सम्मानलाई कायम राख्ने आफ्नो मनसायको उडन्ते घोषणा गर्दै आएको पनि छ। तर त्यस्को ठिक विपरित, यसका कार्य र व्यवहारहरूले प्रभुत्ववाद बाहेक केही देखाउँदैन । एउटा सूक्ष्म जबरजस्ती र पातलो पर्दा झैं ढाकिएको प्रभुत्ववादको पराकास्टा ।

उदाहरणका लागि, माल्दिभ्स र श्रीलंकाको अवस्थालाई लिउँ न। सानो टापुराष्ट्र, आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताको चपेटामा परेको बेला, भारत सहयोग र समर्थनको प्रस्तावहरू लिएर गयो । तर पर्दा पछाडी, कूटनीतिक चालबाजी र ब्याकडोर डिलिङ गरेर सरकारमा सबै भन्दा पतित प्रभाकरण(तमील)पात्रहरूलाइ खोजी खोजी स्थापित गरेर देशलाइ तन्नम बनाइदिएपछि जनतालाइ उनिहरूकै विरूद्द उकासेर उथलपुथल बनाइदियो।

त्यसैगरी नेपालमा आन्तरिक मामिलामा भारतको हस्तक्षेप नेपाली जनतामा चिन्ताको विषय बनेको छ । नेपालको राजसंस्थाको विरूद्धमा १२ बुदे सम्झौता गर्न आफ्नो भुमि दिनु, हरेक पटक राजनितिक परिवर्तनमा आफ्नो प्रभाव खोज्नु उस्को प्रकृती नै हो।  मित्रता र सहयोगको दाबीका बावजुद भारतका कार्यहरूले छिमेकीमाथि प्रभाव र नियन्त्रण राख्ने अमिट चाहना छ भारतसंग जसलेआफ्ना साना छिमेकीहरूमाथि अनन्तसम्म आफ्नो पकड कायम राख्ने मनसाय स्पष्ट देखिन्छ ।

तर सबैभन्दा अचम्मलाग्दो कुरा भनेको भारतको भनाइ हो कि उसले आत्मसम्मानबाट काम गर्छ भनेर सदियौं देखि झुट कुरा गर्दै अएको छ। भुपरिवेस्ठित देश नेपालमा भएको जनयूद्ध नामको नरशंहार गर्ने कम्यूनिष्ट माओत्सेतुङको नामको पर्टीको हातमा सोचालित हतियार कताबाट आयो? के सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको मामिलामा सहयोगको आडमा हस्तक्षेप गर्नु आत्मसम्मान हो? आफ्नो स्वार्थका लागि छिमेकी देशका नेता, व्यवसायी र नोकरशाहलाई हेरफेर गर्नु स्वाभिमान सम्मान गरेको हो ?

दक्षिण एसियाली देशका जनता भारतको भित्री मनसायप्रति अन्धा छैनन्। उनिहरूले सिक्कीम, भुटान राम्रोसंग चिनेका छन्, त्यहाँ के भएको थियो र के हुँदैछ भन्ने पनि राम्रोसंग थाहा छ । भलै सिक्किमेलीहरू लेण्डुपको पछि लागेर आफ्नो स्वभिमान भारतको पाउमा चढाएर भारतको टुक्रा भएर बाँच्दैछन्, सबै उस्तै छैनन् । हालको माल्दिभ्सको कदमले भारतियहरूलाइ आफ्नो नियन्त्रणबाट जान लाग्यो भन्ने औडाहा भएको छ ।सहायता र सहयोग अवरणमा आफ्नो प्रभुत्व र नियन्त्रण बाहीर जाला भनेर गहिरो चिन्ता ।

तसर्थ, विश्व मञ्चमा भारतले आफ्नो आत्मसम्मानलाई निरन्तरता दिइरहेको बेला सायद माल्दिभ्सले झैं यो केही आत्मनिरीक्षण गर्ने समय हो। के भारतको साँच्चै आफ्नो छिमेकीहरूकोस्वाभिमानमाथि प्रभुत्व जमाराख्नेनियत हो? अरुको सार्वभौमसत्ता भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिनु स्वाभिमान हो ?

भारतको विदेश नीतिले दक्षिण एसियाका जनता भारतको परोपकारिता देखेर थकित हुँदै गएका छन्, र उनीहरू आफ्नो राष्ट्रीय गरिमा र सम्मानका साथ व्यवहार गरोस्, बरू सहयोग नगरोस् भन्छन् तर भारत टेर्दैन , के गर्नु ?



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment