अमेरिकी डलरको भाउ घट्दा युरोको भाउ बढ्यो

१० चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरको तथ्यांक अनुसार अमेरिकी डलरको भाउ बिहीबारको तुलनामा ६३ पैसाले घटेको छ ।

बिहीबार (हिजो) डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो भने आज डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्री दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै आज युरोको भाउ भने बढेको छ । हिजो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको थियो भने आज खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment