बूढानिलकन्ठ हेपाली हाइटमा एक अर्ब लागतमा बन्दैछ आकृति कोलोनी

१४ मंसिर, काठमाडाैं । व्यवसायी तथा ग्रान्डी इन्टरनेशनल हस्पिटलका अध्यक्ष दिपक कुवँरले काठमाडौँको बूढानिलकन्ठमा आकृति कोलोनी निर्माण गर्ने भएका छन् ।

१ अर्ब ६ करोड ७८ लाख लगानीमा बूढानिलकन्ठको हेपाली हाइटमा २८ घरहरुको आकृति कोलोनी निर्माण गर्ने भएका हुन् । सन् २०२३को जुलाई महिनासम्ममा आकृति कोलोनीको निर्माण कार्य सम्पन्न भइसक्नु पर्नेछ । सन् २०२२ को अक्टोबर महिनासम्ममा कोलोनीको ७० प्रतिशत काम सम्पन्न भएको छ।

१ अर्ब ६ करोड लागतमा निर्माण भइरहेको आकृति कोलोनीमा ६५ करोड ४७ लाख कर्जा र ४१ करोड ५४ लाख सेयरधनीहरुको इक्युटी सेयर रहेको छ । हालसम्ममा कुनै पनि घर बूकिङ नभएको हुँदा घरहरुको फाइनान्सीङका लागि बाह्य ऋणमा निर्भरता बढेको छ । कर्जामा निर्भर रही निर्माण गरेको उक्त घरहरु बिक्री हुन्छ वा हुँदैनन् भन्ने अन्योल रहेको छ । सन् २०२२ को डिसेम्बर महिनाबाट बूकिङ खुल्ला गर्ने छ ।

रियल स्टेट, मर्जरका क्षेत्रमा लामो समयसम्म काम गरेका दिपक कँुवर अध्यक्ष रहेको सीडि इनोभेटिभ डिजाइन एन्ड कन्सट्रक्सन कम्पनीले कोलोनीको निर्माण गरिरहेको छ ।

कोलोनी निर्माणका लागि कम्पनीले ६५ करोड ४७ लाख बराबरको कर्जा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको छ।

नेपालमा रियल स्टेटको भविष्य सबल रहेको हुँदा आगामी समयमा कम्पनीले कोलोनीबाट राम्रो आम्दानी गर्न सक्ने छ । पछिल्लो समयमा सहरको धुवाँ धुलो देखि अलिक पर शान्त क्षेत्रमा बसोबास गर्न चाहने मानिसहरुको सङ्ख्या बढ्दो छ । त्यसका लागि बूढानिलकन्ठ क्षेत्र उपयुक्त क्षेत्र भएको हुँदा पनि मानिसहरुको आकर्षण बढ्ने देखिन्छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment