सेयर बजारमा थामिएन पहिरो‚ नेप्से १८७६ अंकमा झर्‍यो

०२ असाेज, काठमाडाैं । सेयर बजार घट्ने क्रम नरोकिँदा साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ बिन्दुमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन मागेपछि बजार अझै प्यानिक बनेको हो । यसअघि नै असोजबाट बैंकहरुले भद्र सहमति तोड्दै बजारका आधारमा ब्याजदर निर्धारण गर्ने निर्णय गरेपछि बजारमा असर पुग्दै आइहेको थियो ।

आइतबार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० वटा संख्यामा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएका छन् । ब्यापार सर्वाधिक ३.२४ प्रतिशतले घट्दा जलविद्युत पनि ३ प्रतिशत बढीले घटेका छन् । विकास बैंक, फाइनान्स, अन्य, जीवन बीमा र म्युचुअल फण्डको सूचक २ प्रतिशत बढीले घटे ।

आइतबार लक्ष्मी बैंकको सर्वाधिक २ करोड १३ लाखको सेयर कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि १ करोड ९५ लाख बढीको खरिद बिक्री भएको छ । नेपाल टेलिकम, नेपाल लाइफ, रिडी पावर, नबिल बैंक, अपि पावर र हिमालयन डिष्टिलरीको ३० करोड माथि कारोबार भएको छ ।

आइतबारको बजारमा ग्लोबल आइएमई समुन्नत स्कीम–१ को ५.३५ प्रतिशतले सेयरमूल्य बढ्दा नेपाल ल्यूब आयलको ४ प्रतिशत, लक्ष्मी बैंकको ३.६६ प्रतिशतले सेयरमल्ल्य बढेको छ ।

आज बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन र दोर्दीखोला जलविद्युत कम्पनीको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । माउन्टेन हाइड्रो, युनाइटेड इदिमर्दी, दिब्यश्वरी हाइड्रोपावर, लिवर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रचरको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment