मिथिला लघुवित्तको नाफा बढेसँगै प्रति सेयर आम्दानी २० रुपैयाँ ४४ पैसा कायम

२४ वैशाख, काठमाडाैं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेसँगै वार्षिक प्रति सेयर आम्दानी २० रुपैयाँ ४४ पैसा कायम भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा ३ रुपैयाँ ८३ पैसा इपीएस बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड १२ लाख ३८ हजार रुपैयाँ नाफा कमाएकोमा ४१.५१ प्रतिशतले खुद नाफा बढेको हो ।

चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ सापटी तथा ९७ करोड ९५ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६२ करोड ८७ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी ३१.५३ प्रतिशत बढेर ९ करोड ६२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा ४४.२९ प्रतिशत बढेर ३ करोड ५३ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

चैतसम्म लघुवित्तको खराब कर्जा अनुपात ३.९० प्रतिशत रहेको छ । खराब कर्जा नोक्सानी वापत १ करोड ६१ लाख ३६ हजार रुपैयाँ व्यवस्था गरेको लघुवित्तले १ करोड १९ लाख रुपैयाँ असुली गरेको छ ।

चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख ३६ रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा, कस्ट अफ फन्ड ८.६७ प्रतिशत र मूल्य आम्दानी अनुपात ४८.९१ गुणा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment