सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने

२४ वैशाख, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले शेयर प्रिमियममा रहेको रकमबाट शेयरधनीहरुलाई उक्त लाभांश दिने भएको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने छ ।

बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment