“विन मागे मोति मिले, मागे मिले ना भिख” – कथा २

विन मागे मोति मिले, मागे मिले ना भिख ॥

शीर्षकमा पाँच (५) वटा कथा छन्
२८ जेठ, काठमाडौं । 

साँझ निकै अबेर भइसकेको थियो । आठ बजिसकेको हुँदो हो । अन्तिम दोस्रो सार्वजनिक गाडी चड्नै नसकिने गरि आयो र गयो पनि । ऊ अन्तिम गाडीको प्रतीक्षामा थियो । अपरिचत मानिसहरू पनि बस कुरिरहेका थिए । एकजना वृद्धपुरुष टेक्ने लौराको सहारा आएर उनी नजिकै उभिए ।

  • आज ढीला भएछ नि?
  • हो, आज साह्रै ढीला भयो । अनि, तपाईं यतीको उमेरमा किन ढीला गर्नु भयो नि?
  • मेरो काम यस्तै ढीला सकिन्छ । काम नसकिकन निस्कन मन लाग्दैन ।
  • यस कार्यमा कसैको सहारा लिएको भए पनि तपाईलाई निकै सजिलो हुने थियो ।
  • म कुनै सहारा नलिने मध्येमा पर्छु ।
  • तपाईलाई विना सहारा काममा मजा आए पनि शरीरलाई त बुझ्नु पर्छ ।

(वृद्ध व्यक्ति लब्धप्रतिष्ठित उद्योगका मालिक थिए । उनी सधैं त्यसरी नै अबेरसम्म काम गरिबस्दथे । अनि लौराको सहारा लुखुर लुखुर निवासतर्फ फर्कन्थे । त्यो उनको दिनचर्या नै थियो । नेपाली गाडीनिर्मातामा प्रतिस्पर्धा नभएसम्म निजीगाडी प्रयोग नगर्ने उनले लिएको अठोट पुग्ला ? अतः निरन्तर पैदल यात्रामा उनी आफुलाई स्वस्थ रहेको महशुस गर्दथे ।

उनले भेटेको युवकलाई चिनेर नै गफ झिकेका थिए । युवकले चाहिँ चिनेनन् । तर युवकले स्वभाविक मानवीय गुण प्रदर्शन गरेका थिए ।
छ वर्षअगाडि ती युवक उनकै कम्पनीमा सहायक प्रबन्धक थिए । फिजिक्समा स्नातकोत्तर पछि पीएचडी गर्न उनले सेवालाई निरन्तरता दिन सकेनन् । युवकले नेपालमा नै सबै अध्ययन कार्य सम्पन्न गरे । त्यसपछि उपयुक्त सेवाको खोजीमा निस्केका हुन् । त्यसदिन पनि अन्तरवार्तामा सामेल भएका थिए । धेरै वटा आवेदन दिए । तर कहीँ ठाउँ पाएका थिएनन् ।

अँधेरीरात छिप्पिदै थियो । तारामा चहक बढ्दै थियो । यात्रुको चहलपहल घट्दै थियो । नेपथ्यमा कुकुर भुकिरहेको थियो । फाट्ट फुट्ट सिसा खसेर फुटेजस्तो, एकोहोरो साइरन बजेजस्तो, बिरालो जुधेजस्तो, पाखुरी समाएर तानेजस्तो, बाह्रसूर्य उदाए जस्तो, आङमा तातो र चिसोे पानी खनाए जस्तो, हुरी चलेजस्तो, मेघ गर्जेजस्तो हुँदा ती वृद्ब र युवाको मनमा चीसो पस्यो । अचानक, वृद्धको लौरो अगाडि घिस्रियो ।

उनको चिउँडो भूमिमा ठोकियो । उसको लौरो छुटेर दुवै हात फैलाई लमतन्न पसारियो । त्यो देखेर युवकले उनलाई उठाउन हत्तास्सिए । चेत हराएको रहेनछ । के व्यथा थियो र लडे ? घोप्टैमा उनले युवकसँग कागज र कलम मागे । युवकले दिएको कागजमा के लेखे कुन्नी त्यो कागज कलम फिर्ता दिए । नबुझिने भाषा थियो । अवस्था चिन्ताजनक हुँदै गएको हुँदा एम्बुलेन्स र प्रहरीमा खवर गरे । तुरुन्तै आएको प्रहरीलाई वृद्ध सुम्पियो। एम्बुलेन्स आउँदा सम्म वृद्धको पखेरु उडिसकेको थियो ।

प्रहरीले मृतकको खानतलासी लियो । खल्तीमा रहेको परिचयपत्रका आधारमा उनका छोरालाई खवर भयो । जब छोरा आए, युवक र उनीहरूका बीच परिचय पुरानो रहेको खुलाशा भयो । युवकले पनि बाबुले दिएको लेखोट प्रहरीका सामुन्ने आगन्तुक छोरालाई दिए । प्रहरीका साथमा युवक अस्पताल गए । अस्पतालले वृद्धलाई मृतक घोषणा ग-यो । युवकको सम्पर्क नम्बर लिंदै प्रहरी करबाही नटुंगेसम्म उपत्यका नछाड्न भनियो । प्रहरीले युवकको निवाससम्म छाड्यो ।

युवकको मोबाइलको घण्टी बज्यो । उसले प्रहरी बृत्तमा जानु पर्ने भयो । अबेर नगरी छिटै पुग्यो । त्यहाँ १५ दिन अगाडि भेटेका मानिसका साथै एकजना वकील पनि रहेछन् । युवकसँय घटनाको सामान्य सोधपुछ भयो । वृद्धको मृत्युको कारण र निश्कर्ष सम्बन्धमा सबै हाल सविस्तार पूर्वक युवकलाई सुनाईयो । उनको छोराले पनि पिताको शारीरिक अवस्था बारे चिकित्सकले दिएको चेतावनिलाई वेवास्ता भएको हुँदा त्यो परिस्थिति व्यहोर्नु परेको दुखेसो व्यक्त गरे । प्रहरी कारवाही अगाडि नबढाउन सहमति भयो ।

वकीलले साहुका छोराको सामुन्ने उसदिनको कागज फुकाए । मृतकले उनको मृत्युपूर्व लेखेको सबै पढेर सुनाए ।
यो युवकले पीएचडी गरेको छ । त्यस कार्यमा हाम्रो वाधालाई जीतेर सफल भएछ । हामीकहाँ सामान्य सहायक प्रबन्धक रहेको यो व्यक्तिको इमान्दारितालाई कदर गर्नु । उसले भनेको पुराउनु । तर कुनै पनि मूल्यमा यसलाई नगुमाउनु । बूढाले सही र मिति समेत लेख्न भ्याएछन् ।

वकीलले कागज साहुका छोरालाई देखाए । उनले सनाखत गरे । युवकलाई पिताको प्रस्ताव मान्न आग्रह गरे ।
उस दिन देखिको बेरोजगारीको पीडा ताजै थियो । त्यति राम्रो प्रस्ताव गरेकोमा अनुग्रहित भए । तर, पुरानो कम्पनीमा पुरानै पद र हैसियतमा फर्कन नसक्ने अठोट सुनाए ।

साहुले उपस्थित वकीलबाट आफ्नो पिताश्रीको इच्छा पूरा गर्न क्वाटर, वरिष्ठ सल्लाहकारको पद र परिवारको सबै भार कम्पनीले व्यहोर्नुका साथै उस दिन दिएको राजिनामा फिर्ता गरि पूरा तलवी विदा स्वीकृत गरिएको कागज लेखाएर दिए ।

युवकले त्यति धेरै माग एकैचोटि पूरा होला भन्ने चिताएको पनि थिएन। ती वृद्ध साहु उनको जीवनमा भगवान उदाएका रहेछन् ।
अन्त्यमा युवकले मातापिता र परसेवाको परिणामलाई तारिफ गर्दै भगवानको चरणमा पुनः शरण प-यो ।

हरिः ॐ ॥



मल्टिमिडिया ग्यालरी

Comments (1)
Add Comment
  • बच्चुराम वाग्ले

    पढाइ, त्याग, अनुभव अमूल्य छन् ।