‘बोक्सीको घर’को उत्कृष्ट सुरुवात

१५ बैशाख, काठमाडाैँ । शुक्रबार रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । हलमा दर्शकहरुको चाप सुखद देखिएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले राम्रो शोज दिएका छन् । प्राप्त शोजहरुमा फिल्मको व्यापार सुखद छ ।

काठमाडौं भित्र मात्र नभएर बाहिर पनि फिल्मले राम्रो व्यापार गरेको छ । आज दिनभरका अधिकांश शोजमा दर्शकको चाप सुखद देखिएको छ ।

विशेषगरि, ‘बुझिन मैले वुझाइदेउ कसैले’ बोलको गीत सुपरहिट भएपछि यो फिल्मको हाइप बढेको थियो । यही कारणले, फिल्मको इनिसियल व्यापारमा प्रभाव परेको वुझ्न सकिन्छ ।

नायिका केकी अधिकारीको निर्माणमा तयार भएको फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । फिल्मले बालबिबाह र समाजमा रहेको बोक्सीको कुप्रथाको कथालाई देखाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment