‘फर्की फर्की’ गीतः नरेनको ‘अन्तिम माया’मा अनमोल–जसिताको विछोडको कथा

२२ बैशाख, काठमाडौँ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीत ‘अन्तिम माया’लाई जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’मा रिक्रियट गरिएको छ ।

आज सार्वजनिक यो गीतले फिल्मको भाव बोकेको छ । श्रोताले यो गीतलाई निकै मन पराएका थिए । यो गीतको भिडियो भने तयार भएको थिएन । फिल्म ‘फर्की फर्की’को टिमले यसको भिडियो फिल्मको भाव अनुसार तयार पारेको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका जसिता गुरुङको प्रेम बियोग देखाइएको छ । अनमोल र जसिताको प्रेममा असमझदारी आएपछि उत्पन्न हुने परिस्थितिलाई यो गीतको भिडियोमा समावेश गरिएको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । मोती कार्की र अनि रुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन छ । शंकर पाण्डे फिल्मका प्रोडक्सन हेड हुन् ।

यो फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा नायक सलोन बस्नेतको विशेष भूमिका छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप उच्च छ । फिल्मको सार्वजनिक शीर्ष गीतले पनि दर्शकको साथ पाइसकेको छ । अब, यो गीतले फिल्मप्रति दर्शकको चासो अझै बढाउने देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment