प्रभासको ‘कल्की’ हलिउडको ‘ड्युन’बाट प्रभावित रहेको चर्चाबारे के भन्छन् निर्देशक ?

१८ वैशाख, काठमाडौं । दक्षिण भारतीय साइन्स-फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ यतिबेला लगातार चर्चामा छ । फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हासन जस्ता स्टार देखिनेछन् ।

फ्यान यो फिल्मलाई उत्सुकतासहित पर्खिरहेका छन् । एकातिर उत्साह छ भने अर्कोतिर फिल्मले सामाजिक सञ्जालमा आलोचना पनि खेपिरहेको छ । धेरैले यो फिल्मलाई डेनिस भिलेनेउभ निर्देशित हलिउड साइन्स–फिक्सन ‘ड्युन’सँग तुलना गरिरहेका छन् ।

यो आलोचनाबीच निर्देशक नाग अश्विनले यस विषयमा प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा सहभागी अश्विनलाई के उनको फिल्म जेन्डाया र तिमोथी चालमेट स्टारर हलिउड फिल्मसँग मिल्दोजुल्दो छ ? भनेर सोधिएको थियो ।

जवाफमा निर्देशक अश्विनले बालुवाको कारण यस्तो देखिएको बताए । उनले भने, ‘बालुवाका कारण यस्तो देखिन्छ । जब बालुवा हुन्छ, त्यो ड्युनजस्तै देखिन्छ ।’

हालै यो फिल्मले अमिताभ बच्चनको लुक पनि सार्वजनिक गरेको थियो जसलाई देखेर दर्शकको उत्साह झनै बढेको छ । फिल्ममा उनी अश्वत्थामाको भूमिकामा देखिनेछन् । टिजरमा उनी डी-एजिङ प्रविधिको मद्दतमा जवान देखिएका छन् ।

टिजरमा अमिताभले गुफामा शिवलिंगको पूजा गरिरहेको देखाइएको छ । यसमा एक बालकले उनलाई सोधेको देखिन्छ, तिमी मर्न सक्दैनौ ? के तिमी ईश्वर हौ ? को हौ तिमी ?’

‘कल्की : २८९८’ जुन २७ (असार १३) मा रिलिज तयारीमा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment