ज्वेरभ फ्रेन्च ओपनको तेस्रो चरणमा

१९ जेठ, एजेन्सी । जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार भएको खेलमा रुसका रोमन सफूइलिनलाई हराएर ज्वेरभले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

छैटौं वरीयता प्राप्त ज्वेरभले रोमनमाथि ७-६ (७-४), ६-३ र ७-६(७-१) ले पराजित गरे ।

अब उनले तेस्रो चरणमा सर्बियाका लास्लोसँग खेल्ने छन् । लाल्सोले मियोमीरलाई हराएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment