नाडाल दोस्रो चरणमा

१० जेठ, एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले जोर्डनलाई ६-२,६-२ र ६-२ को सेटमा हराए ।

क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।

यस्तै नाडाल फ्रेन्च ओपनमा सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन् । उनले फ्रेन्च ओपनमा १ सय ६ खेल जितेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment