नाडाल र स्विटेक विम्बल्डन टेनिसकाे दोस्रो चरणमा

१५ असार, एजेन्सी । स्पेनका राफेल नाडाल तथा पाेल्याण्डकी इगा स्विटेकले विम्बल्डन टेनिस प्रतियाेगितामा विजयी सुरुवात गरेका छन् ।​ नाडालले पुरुषतर्फ मंगलबार राति सेन्टर कोर्टमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ को सेटमा हराउँदै विजयी सुरुवात गरे ।

विश्व वरियताकाे दोस्रो नम्बरमा रहेका नाडालले खेल ६-४,६-३,३-६ र ६-४ ले आफ्नो पक्षमा पारे । नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डस बेरान्किसकाे सामना गर्नेछन्  ।

रिकार्डस अमेरिकाका साम क्युरीलाई ६-४,७-५ र ६-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । महिलातर्फ विश्व नम्बर एक स्विटेकले क्रोएसियाकी जना फेटलाई २-० काे साेझाे सेटमा हराउँदै विजयी सुरुवात गरिन् ।

स्विटेकले खेल ६-० र ६-३ ले आफ्नो पक्षमा पारिन् । उनले दोस्रो चरणमा नेदरल्याण्ड्सकी लेस्ली केर्खोभकाे सामना गर्नेछिन् । ​केर्खाेभले बेलायतकी सोनाय कार्ताललाई ६-४,३-६ र ६-१ ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment