नाडाल र जोकोभिच क्वाटरफाइनलमा

१६ जेठ, एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा आइतवार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले फेलिक्सलाई ३-६,६-३,६-२,३-६ र ६-३ को सेटमा हराए ।

क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।

अब नाडालले क्वाटरफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिकसँग खेल्ने छन् ।

जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ६-१,६-३ र ६-३ ले पराजित गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment