चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

०५ बैशाख, एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।


वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।

जिएचले टिमो वेर्नेरको पासलाई सदुपयोग गरे ।

अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल आगामी मे १५ मा हुनेछ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment