ला–लिगामा बार्सिलोनाको जित

२१ माघ, काठमाडौं । स्पेनिस ला–लिगामा बार्सिलोनाले जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ३–१ गोल अन्तरले हराउँदै जित निकाल्यो।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्की, गुन्डोगान र भिटर रोकले १–१ गोल गरे। अलाभेसका लागि ओमोरिडोओनले १ गोल गरे।

खेलको २२ औं मिनेटमा गुन्डोगानको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। डिसेम्बर १० पछि ला–लिगामा यो नै लेवान्डोस्कीको पहिलो गोल हो।

दोस्रो हाफको ४९ औं मिनेटमा पेड्रीको पासमा गुन्डोगानले अर्को गोल गर्दै बार्सिलोनाका अग्रता दोब्बर बनाएका थिए। तर लगत्तै ५१ औं मिनेटमा ओमोरिडोओनले गोल गरेपछि खेल २–१ को स्थितिमा आएको थियो।

६३ औं मिनेटमा भिटर रोकले गोल गरेपछि बार्सिलोनाले ३–१ को नतिजा निकाल्यो। रोक ७२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment