वीर गणेशमान सिंह टी–२० क्रिकेट: कर्णालीसँग कोशीको लज्जास्पद हार

१३ वैशाख, काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार कोशी प्रदेशले कर्णाली प्रदेशसँग लज्जास्पद हार व्यहोरेको छ। कर्णाली प्रदेशले पाँच विकेटको जित निकाल्यो

पहिला ब्याटिङ गरेको कोशी प्रदेश १९ दशमलव २ ओभरमा मात्र ९३ रन बनाउँदै अलआउट भएको थियो।

कोशीका लागि तीन जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए।र मिनास थापाले ३५ रन बनाउँदा दिपेश कँडेलले २४ तथा सौजन घिमिरेले १८ रन बनाए।

कर्णालीका तर्फबाट चार ओभरमा जम्मा १६ रन खर्चिँदै दिपेन्द्र रावतले तीन विकेट लिए। चार ओभर नै बलिङ गरेका प्रकाश जैशीले ३४ रन दिएर तीन विकेट लिए भने चार ओभरमा १९ रन खर्चिँदै दिनेश अधिकारीले दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले मात्र ६ दशमलव ३ ओभरमै कोशीले दिएको ९४ रनको लक्ष्य भेट्टाउँदै सानदार जित निकाल्यो।

कर्णालीका लागि ब्याटिङ तर्फ विपिन बिक्रम शाहीले १२ बलमा ३८, मनिस थापाले १३ बलमा २७ तथा अर्जुन घर्तीले १० बलमै २५ रन बनाए। 

कोशीका लागि बलिङमा दिपेश कँडेलले दुई ओभरमा २६ रन खर्चिँदै ३ विकेट लिए। यस्तै श्रवण यादवले ३ दशमलव ३ ओभरमा ३२ रन खर्चिँदै २ विकेट लिए भने प्रकाश कार्की महँगा सावित भए। उनले मात्र २ ओभरमा ३९ रन खर्चिएका थिए।  



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment