अन्तर प्रदेश खेलकुदः महिला फुटबलको उपाधि कोशीलाई

०२ वैशाख, भरतपुर । चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ।

भरतपुर–१९ स्थित बखान मिनी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै कोशीले उपाधि जितेको हो।

प्रतियोगिताको १२औँ मिनेटमा कोशी प्रदेशका लागि जेनिफर रानामगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। कोशीको जित पक्का गर्न खेलको ३८औँ मिनेटमा समीक्षा रानामगरले दोस्रो गोल गर्न सफल भइन्।

उत्कृष्ट प्रर्दशन गरेकी कोशीकी सिम्रन राई ‘प्लेयर अफ दी म्याच’ हुन सफल भइन्। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर कोशी प्रदेशका कुश्मा राई, उत्कृष्ट गोलरक्षक कोशीका सुशीला केसी, उत्कृष्ट प्रशिक्षक कोशीका सुरेन्द्र तमाङ र उत्कृष्ट मिडफिल्डर भने सुदूरपश्चिम प्रदेशका बिर्सना चौधरी भइन्।

प्रतियोगिताको उपाधि जित्न सफल कोशी र उपविजेता सुदूरपश्चिम प्रदेशलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेल भइरहेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment