महीनायताकै उच्च, ९.८ प्रतिशतले वृद्धि

०४ बैशाख, एजेन्सी । अमेरिकाको खुद्रा विक्री १० महीनायताकै उच्च दरमा बढेको छ । सरकारबाट अमेरिकीहरुले थप राहत प्याकेज प्राप्त गरेको र कोरोना भाइरस विरोधी खोप लगाउने कार्यक्रमले तीव्रता पाएसँगै गत महीना १० महीनायताकै उच्च दरमा विक्री बढेको हो ।

गत महीना अमेरिकाको खुद्रा विक्री ९.८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो सन् २०२० को मेयताकै उच्च हो । मन्त्रालयले फेब्रुअरीको खुद्रा विक्रीको तथ्यांक पनि संसोधन गरेको छ ।

पछिल्लो संसोधन अनुसार फेब्रुअरीमा खुद्रा विक्री ३ प्रतिशतले नभएर २।७ प्रतिशतले मात्रै घटेको छ । मार्चमा भएको वृद्धिसँगै खुद्रा विक्री महामारीपूर्वको तुलनामा १७.१ प्रतिशतमाथि आएको छ ।

पहिलो त्रैमासमा अमेरिकी आर्थिक वृद्धिदर तीव्र हुने अपेक्षा बलियो बनाएको छ । बिहीवार सार्वजनिक भएका अन्य तथ्यांकहरुले पनि अर्थतन्त्रमा सुधारका संकेत देखाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment