लगानीकर्तालाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

२४ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समिति बैठकले हालको चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

सेयर प्रिमियम रकमबाट सो बोनस सेयर प्रदान गरिने कम्पनीले जनाएको छ । साथै सो बोनस सेयरको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

सेयर प्रिमियम रकमबाट १ अर्ब ६ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । नियामक बीमा प्राधिकरणको स्वीकृति र साधारणसबाट पारितपछि बोनस सेयर प्रदान हुने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment