बैशाख ०४मा मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले हुदै

लक्ष्मण फुयाल

०२ बैशाख, काठमाडौं । ट्रिवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता आयोजाना गरेको छ । उक्त प्रतियोगिताको फाइनल यँही आउदो बैशाख ०४ गते हुदै छ ।

यो प्रतियोगितालाई काठमाडौंमा स्थित गोकर्णश्वर नगरपालिकाले सहकार्य गरेको छ । दुई विद्यागत रुपमा प्रतियोगितामा करिव १८ जना प्रतिस्पर्दीहरुले सहभागि जनाएका छन् । भने मिस डिवाइन ब्युटी नेपालमा १० जना तथा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा ८ जना प्रतिस्पर्दीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

प्रतियोगिताको मिस डिवाइन ब्यटी नेपाल २०२१को समूहमा अविवाहित युवती रहेको छन् । जसमा प्रतियोगितामा सहभागि जनाउनको लागि एसईई भन्दा माथिको योग्यता निर्धारण गरेको थियो। भने उमेरमा १६ देखी २६ सम्मको उमेर समूहका युवतीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका श्रेष्ठले बताउनुभयो ।

साथै मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ को लागि विवाहित महिलाहरुले सहभागिता जनाउन सक्ने यसमा कुनै उमेरहद तोकको छैन ।

उक्त ग्रान्ड फिनाले काठमाडौं जोरपार्टी स्थित पिस बैङ्क्वेटमा सम्पन्न हुने छ । उक्त ग्रान्ड फिनालेमा गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिनुभयो । कार्यक्रम ३ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा सहभागि प्रतिस्पर्दीहरु साथमा आयोजक टिम

उक्त प्रतियोगिताको आयोजना ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा सञ्चालन गर्न लागेको हो । प्रतियोगिताको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमका संयोजक सिमरन श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजकमा नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई तथा कार्यक्रम संयोजक सरु धिमाल लगायतका व्यक्त्तिहरु रहेका छन् ।

प्रतियोगितामा विजेताहरुले उत्कृष्ठ पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसनसंग सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । यो कम्पनी सन् २००१ देखी निरन्तर यस्तो फेसन तथा ग्यामरस फिल्डमा कार्यरत रहेको श्रेष्ठले भन्नुभयो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar